चमत्कार, चमत्कार अनि चमत्कार !
नोभेम्बर १०, २०११। म अत्यन्त व्यस्त थिएँ। डिफिडको आर्थिक सहयोग र बेलायतस्थित एडम स्मिथ इन्टरनेसनलको अगुवाइमा सेन्टर फर इन्क्लुसिभ ग्रोथ नामक परियोजना नेपालमा ल्याउने तयारी हुँदै थियो। प्रमुख सल्लाहकारको हैसियतमा म बिहानदेखि नै फरकफरक ठाउँ भइरहेका बैठकका लागि व्यस्त थिएँ।
दिल्लीबाट आएका क्षेत्रीय निर्देशकसँग साङ्ग्रिला होटलको रात्रिभोज सकेर नगई नहुने एउटा वाणिज्य बैङ्कको कार्यक्रममा होटल सोल्टीमा गएँ। र त्यहाँ सहभागी मात्र भएर राति ११ बजेतिर घर फर्किएँ।
त्यसपछि के भयो ? के भयो भयो। मलाई नै थाहा छैन।
एउटा निजी कलेजमा बिहानै बोल्न जाने कार्यक्रम थियो। त्यसैले राति नै मैले भोलि बिहान चियाका लागि बिन्दु बज्यैलाई भनेको रहेछु।
भोलि बिहान करिब सात बजे होस गुमाएको स्थितिमा ओछ्यानमा लडिरहेको पहिलो दृश्य देखेका रहेछन्, सहयोगी लोकेन्द्र बस्नेतले। उनी हाम्रो घरमा पढ्न बसेका थिए। होस नफर्किंदासम्म केके भयो, मलाई केही थाहा भएन। म होसमा फर्किएपछि श्रीमती ज्योतिले मलाई जे भनिन्, सुन्दा मेरो आङ सिरिङ्ग भयो।
भएको यस्तो रहेछ—
घरका सम्पूर्ण व्यवहार सम्हालेर हाम्रो संरक्षक जस्तो भई बसेकी बिन्दु अधिकारी बज्यैलाई लोकेन्द्रले नर्भस हुँदै म बेहोस भएकोबारे जानकारी दिएछन्। म त्यो अवस्थामा देखिएपछि घरमा होहल्ला मच्चिनु, रूवाबासी हुनु स्वाभाविक भइहाल्यो। छिमेकीहरु पृथ्वीराज लिगल, सुरेन्द्र मर्दन थापा र कमल अधिकारी सबैलाई बिन्दुले आतङ्कित हुँदै खबर गरिछन्। लगत्तै अन्य छिमेकीको भिडले घर भरिएछ।
त्यति बेला दुवै छोरा गुन्जन र क्षितिज अध्ययनका लागि अमेरिका थिए। श्रीमती ज्योति भारतमा विद्यावारिधि गर्दै थिइन्। मेरो हालत देखेपछि पृथ्वीराज लिगल, सुरेन्द्र मर्दन थापा र कमल अधिकारीजीले एम्बुलेन्स मगाएर मलाई नर्भिक अस्पताल पुर्याएछन्। उता ज्योतिले एक दिनअघि रातिदेखि नै मलाई फोनमा सम्पर्क राख्ने कोसिस गरेकी रहिछन्। मेरो फोन नउठ्दा उनलाई पनि पिर परेको रहेछ। नपरोस् पनि किन, दुईचार दिनअघि मात्र मैले आफ्नो अस्थिर स्वास्थ्यबारे उनलाई केही जानकारी गराएको थिएँ।
कामको व्यस्तताले मैले आफ्नो स्वास्थ्यबारे बेवास्ता गरेको थिएँ। दुर्घटना हुनुभन्दा पाँचसात महिनाअघि हामी सानो छोराको ग्र्याजुएसनका लागि अमेरिका गएका थियौं। समस्या त्यहीँबाट सुरू भएको थियो। टेनेसीमा क्षितिजको ग्र्याजुएसन सकिएपछि हामी सबै ठूलो छोरासँगै एटलान्टा पुग्यौं। अघिल्लो वर्ष एटलान्टा पुग्दा पनि उनका प्राध्यापकसँग भेट्ने योजना थियो। तर त्यस बेला सम्भव भएन। त्यसैले यस पटक उनलाई लिएर डिनर खुवाउन चाइनिज रेस्टुरेन्टमा गयौं।
अमेरिकाबाट फर्किएको छसात महिनातिरको कुरा हो। दिनभरको कार्यक्रम सकेर घर फर्किएँ। राति भइसकेको थियो। बाथरूम गएर निस्किएछु। त्यसपछि मलाई के भयो थाहा भएन। म त बेडरूम र बाथरूमको बीचको दलानमा अडेस लगाएर भुइँमा निदाएको रहेछु। करिब एकडेढ मिनेट निदाएँ होला। त्यसपछि म ब्युँझिएँ। कसरी भुइँमा बसें। के भएर यस्तो भयो। केही थाहा भएन। कुनै अप्ठ्यारो भएको पनि महसुस भएन।
त्यस बेला अकस्मात् मलाई सास फेर्न गाह्रो भयो। खाना खाने त कुरै थिएन। छोराहरुले इमर्जेन्सीमा जान पनि कर नगरेका होइनन्। तर किन हो किन, ठीक भइहाल्ला भनेर गइनँ। त्यस बेला भर्याङ उक्लन पनि गाह्रो परिरहेको थियो। त्यसको दुई हप्तापछि हामी नेपाल फर्कियौं। श्रीमती भारत गइन्। म एक्लै काठमाडौंमा बसें। कामले कहिल्यै नछाड्ने। ज्योतिले फोन गर्दा कति पटक बिहान चार बजेतिरै स्टडीमा छिरेर म काम गरिराखेको फेला पारेकी पनि छन्।
अमेरिकाबाट फर्किएको छसात महिनातिरको कुरा हो। दिनभरको कार्यक्रम सकेर घर फर्किएँ। राति भइसकेको थियो। बाथरूम गएर निस्किएछु। त्यसपछि मलाई के भयो थाहा भएन। म त बेडरूम र बाथरूमको बीचको दलानमा अडेस लगाएर भुइँमा निदाएको रहेछु। करिब एकडेढ मिनेट निदाएँ होला। त्यसपछि म ब्युँझिएँ। कसरी भुइँमा बसें। के भएर यस्तो भयो। केही थाहा भएन। कुनै अप्ठ्यारो भएको पनि महसुस भएन।
यो कुरा भोलिपल्ट ज्योतिलाई फोन गरेर सुनाएँ। उनलाई चैन भएन। म आफ्नो किसिमबाट अक्सर डाक्टरकहाँ नजाने कुरा उनलाई थाहा थियो। त्यसैले भारतबाटै डाक्टरको समय लिएर मलाई फोन गरेर हेलचेक्र्याइँ नगर्नू, देखाइहाल्नु भनिन्। मैले हुन्छ भनें। दिनभर स्वास्थ्य सामान्य रह्यो। एकदुई दिनपछि पहिले जे हो, त्यही अवस्थामा थिएँ। कामको चटारो थियो। डाक्टरकहाँ जानुपर्छ भन्दाभन्दै दिन बित्दै गए। सकिनँ।
जुन अवस्था मैले भोगें, जसरी मैले श्रीमती र छोराहरुलाई मानसिक एवम् भौतिक रुपमा हैरानी दिएँ, सबै यिनै लापरबाहीका नतिजा थिए।
घरमा कसैको पनि फोन नउठ्दा झन् शङ्का लागेर ज्योतिले सम्पर्क गर्नका लागि फोन गर्न छाडिनछन्। बल्लतल्ल बिहान आठ बजे बिन्दु बज्यैसँग ज्योतिको सम्पर्क भएछ। बज्यैले विह्वल भएर घटनाबारे जानकारी दिइछन्।
सुन्नेबित्तिकै ज्योतिले वसन्त चौधरीलाई फोन गरी मेरो बेहोसीको खबर गरेर जतिसक्दो चाँडो हस्पिटल लगिदिने व्यवस्था गरिदिनुपर्यो भनिछन्। वसन्तजीले त्यसको आधा घण्टापछि फोन गरेर मलाई नर्भिक लगिसकेको र भेन्टिलेटरमा राखेर आवश्यक उपचार सुरू गरिसकेको खबर दिएछन्। र तपाईं नेपाल आउनुपर्यो भनी सल्लाह दिएछन्। त्यो दिन फ्लाइट अनुकूल मिलेछ सायद। त्यसको बेलुकी ६ बजे विमानस्थलबाट ज्योति सीधै नर्भिक आइपुगिछन्।
मिडियाले थाहा पाएर निरन्तर समाचार प्रसारण गर्न थालेपछि अस्पतालमा शुभचिन्तकको भिड थुप्रिएछ। आफन्त, नेता, विद्यार्थी, पत्रकार, कलाकार, मलाई नदेखेका तर नाम सुनेकादेखि पहिचान गर्न नसकिने हुल अस्पतालको प्राङ्गणमा भरिएछ। पोखरा गएका मित्र किशोर महर्जन र सिर्जना दौडादौड गरेर नर्भिक आइपुगेछन्। अर्का मित्र चाल्र्स मेन्डिज पनि घटना सुन्नासाथ अस्पताल आइपुगेछन्। उनीहरुले आवश्यक परेको कुनै पनि बेला उपस्थिति जनाएर हामीलाई ठूलो गुन लगाएका छन्।
मृत्युशय्याबाट मलाई आज यो अवस्थासम्म ल्याउने व्यक्ति डा. जय जयसवाल हुनुहुन्थ्यो। उहाँले दिनरात केही भन्नुभएन। खटिरहनुभयो। उहाँसँगै घनिष्ठ दाइ तथा मित्र डा. पीताम्बर शर्माकी छोरी डा. अपर्णा शर्मा पनि उत्तिकै खट्नुभयो। डा. जयसवालको नेतृत्वको टिमले मलाई र हाम्रो परिवारलाई अद्भुत गुन लगाएको छ। मलाई चौबीसै घण्टा आफ्नो दृष्टिमा राखेर जसरी पनि ब्युँझाएरै छाड्छु भन्ने डा. जयसवाल र सहयोगी डा. अपर्णालाई धन्यवाद दिने शब्द मसँग छैनन्।
मेरो बेड साइडमा बस्ने डा. सन्तोषको जुनसुकै बेलाको सतर्कता र सूचनाले गर्दा डा. जयसवाललाई धेरै सहयोग मिलेको थियो। दिनमा दुई पटक मेरो बेड भिजिट गर्ने डा. मधु घिमिरे र डा. बिडी पन्तसँग पनि म त्यत्तिकै अनुगृहीत छु। नर्स र कामदारहरुको सहयोग पनि प्रशंसनीय थियो।
म होसमा आउने कुनै सङ्केत थिएन। जसले देखेका थिए, माया मारेर हस्पिटल छाडी गएका थिए। मेरो जिन्दगीका लागि कसैले महाँकालमा बत्ती बाले। कसैले सङ्कटामा। साई केन्द्रमा भजन गरेर आराधना पनि गरेछन् कतिपयले।
ज्योतिले भन्थिन्— मित्र विजयकुमार पाण्डे र सुष्मा बहिनीले गुम्बामा गई प्रार्थना पनि गरेछन्। कतिपय एफएम रेडियोले मेरो पृष्ठभूमिसहित मैले रचेका गीत पनि प्रसारण गरिदिएछन्। प्रमुख समाचारपत्रहरुले स्वास्थ्य स्थितिबारे जानकारी दिन थालेपछि घटनाबारे झन् धेरै व्यक्तिले थाहा पाए। म बाँचिहालें भने हेर्न काम लाग्छ भनेर सङ्कलन गरेका पत्रपत्रिका र आगन्तुकले शुभकामना दिएका रजिस्टर बुक हेर्दा अहिले पनि आँसु थाम्न सक्दिनँ।
नर्भिक अस्पतालको आइसियूको बेडमा होस आएर आँखा खुल्दा मेरो अगाडि जेठो छोरा गुन्जन थिए। उनले वल्र्ड बैङ्क, वासिङटन डिसीमा भर्खरै काम थालेका थिए। यसरी उनलाई देख्दा तत्काल महसुस भयो, म ठूलो दुर्घटनामा परेर बाँचेको रहेछु।
होस त आयो। तर जसरी आइसियूमा लडेको थिएँ; जसरी अकस्मात् गुन्जनलाई देखें, यी सब कुराले मलाई बेचैनी बढ्यो। म अस्थिर भएँ। गुन्जन अहिले नेपाल आएपछि फेरि अमेरिका फर्किंदा समस्या हुन सक्थ्यो। उनको काम नियमित भइनसकेको र परियोजनागत भएकाले उनले फेरि भिसा लिनुपथ्र्यो। उनले मेरो जीवनभन्दा ठूलो जागिर ठानेनछन् र जोखिम लिएरै आमासँग कुरा भएको तेस्रो दिनमा काठमाडौं आइपुगेछन्।
मसँग कोही पनि नभएको अवस्थामा शरीरमा कम्पन सुरू भयो। एकदम जाडो भयो। म हडबडाएँ। हात गोडा तानिए जस्तो भयो। जाडो झन् बढ्दै गयो। मनमनै अधीर भएर कोही डाक्टर आइदिए हुन्थ्यो भनेर आवाज दिन खोजें। अहँ बोली फुटेन। लाग्यो, अब सास जान्छ होला। डर लाग्न थाल्यो। अचेत हुँदाहुँदै मरेको भए डरको के कुरा, केही पनि त थाहा हुँदैनथ्यो। होसमा आएर मरिने त्रास ज्यादै पीडादायी हुँदो रहेछ।
गुन्जनलाई देखेपछि बोल्न खोजें। अहँ, आवाज आएन। म झन् त्रस्त भएँ। लाग्यो, अब म जीवनभर बोल्न सक्दिनँ। अधैर्य भएर फेरि तुरून्तै कोसिस गरें, सफल हुन सकिनँ। छोराले कागजको टुक्रा र कलम दिए। लेख्न खोजें। खाल्डाखाल्डीमा दौडिएको मोटरमा बसेर लेख्न खोजे जस्तो भयो। अक्षर तलमाथि भए। मेरा औंलाले स्थायित्व गुमाएका थिए अनि अक्षर कसरी प्रस्ट हुन्थे ? ज्यादै दुखी भएँ। म विचलित भएँ। हे भगवान्, बोल्न नसक्ने र पक्षाघात भएर बाँच्नुपर्ने अवस्था नआओस् भनेर प्रार्थना गरें। मनमनै। डाक्टरहरुलाई भने यी सबै समस्या बिस्तारै समाधान हुन्छन् भन्ने विश्वास रहेछ।
मलाई होस आएको खुसीयाली शुभचिन्तकहरुबीच पुगेछ। मलाई पातलो जाउलो खुवाएर डाक्टर र साथीहरुसँग खुसी मनाउन गुन्जन कफी सपतिर गएका रहेछन्। ज्योति पनि मलाई केही बेरका लागि गुन्जनको जिम्मामा छाडेर सरसफाइ गरी फर्किने मनसायले घर गइछन्।
त्यति नै बेला मसँग कोही पनि नभएको अवस्थामा शरीरमा कम्पन सुरू भयो। एकदम जाडो भयो। म हडबडाएँ। हात गोडा तानिए जस्तो भयो। जाडो झन् बढ्दै गयो। मनमनै अधीर भएर कोही डाक्टर आइदिए हुन्थ्यो भनेर आवाज दिन खोजें। अहँ बोली फुटेन। लाग्यो, अब सास जान्छ होला। डर लाग्न थाल्यो। अचेत हुँदाहुँदै मरेको भए डरको के कुरा, केही पनि त थाहा हुँदैनथ्यो। होसमा आएर मरिने त्रास ज्यादै पीडादायी हुँदो रहेछ। पीडाले मेरो चेतना रहुन्जेल मलाई त्रास देखाइरह्यो। एकछिनमा केही पनि थाहा पाइनँ। १८ दिनपछि आएको होस मैले एकाएक पुनः गुमाएछु।
ज्योति घर मात्र के पुगेकी थिइन्, गुन्जनले सम्भ्रमित भएर मेरो होस पुनः गुमेको खबर सुनाएछन्। उनी व्याकुल भएर अस्पताल आइछन्। खबर फेरि बाहिरिएकाले अन्योलमा परेका शुभचिन्तक, डाक्टर र स्वास्थ्यकर्मीहरु निराश र दुःखी भएछन्।
त्यति बेला ज्योति नर्भिक पुग्दा १०/१५ जना डाक्टर मेरो वरिपरि रहेछन्। जीवन रक्षा गर्ने विभिन्न उपाय प्रयोग गर्दै थिए। वसन्तजी ट्र्याकसुटमै ओहोरदोहोर गरिरहनुभएको रहेछ। ठूलो छोरा गुन्जन संवेदनशील भएर आँसु झारिरहेका रहेछन्। किशोर, सिर्जना र चाल्र्स सबैको अवस्था पनि त्यस्तै रहेछ। बिहानदेखि बेलुकीसम्म डाक्टरहरु आफूले लागेपुगेको गरिरहेछन्।
बेलुकी पाँच बजेतिर सबैजसो डाक्टर पराजित मुद्रामा उभिएका बेला डा. भरत रावतले ज्योतिलाई भन्नुभएछ, “सम्पूर्ण शरीरभर पाइप छ, कति दुखः दिने ? एक पटक हरेक मानिसको जीवनमा यस्तो समय आउँछ। तपाईं बलियो हुनुस्। अब हामी उहाँको भेन्टिलेटर झिक्छौं।”
त्यति बेला एउटा अचम्मलाग्दो घटना घटेछ। पत्तै नदिई इलाहाबाद बस्ने ज्योतिका एक जना मित्र सरोज शर्मा नर्भिक आइपुग्नुभएछ। बाबाको तस्बिरको वरिपरि घुम्दाघुम्दै उहाँले अत्यन्त मीठो सुगन्ध महसुस गर्नुभएछ। अचानक ज्योतिको नाम लिएर चिच्याउनुभएछ। बाबाको तस्बिरअघि उभिएका बेला उहाँको हातमा आएको विभूति ज्योतिलाई दिनुभएछ। ज्योति दौडिएर माथि गइछन् र मेरो निधार एवम् छातीमा लगाइदिइछन्।
यस्तो अप्रिय परामर्शले डा. रावतले ज्योतिलाई आघात पुर्याएछन्। उनी हतपत हार मान्ने व्यक्ति थिइनन्। त्यसैले उनले प्रतिकार गरिछन् र भनिछन्, “जे जति हुन्छ, खर्च त हामी तिरिहाल्छौं। यतिका दिन त हेरियो। अब चारपाँच दिन भेन्टिलेटर नझिकौं।”
ज्योतिका अनुसार घरमा दुई जना गुरूले चण्डी, हनुमान चालिसा, महामृत्युञ्जयको अखण्ड पाठ गरिरहेका थिए। आफन्तहरु धेरैजसो अस्पताल परिसरमै थिए। म र मेरो परिवारसँग नजिक रहेका केही व्यक्ति जो धेरैजसो मसँग काम गर्थे, उनीहरु रातभर अस्पतालमै बसे। कुमार खत्री, प्रेम खत्री, दानबहादुर महर्जन, तीर्थ श्रेष्ठ एवम् गुन्जनका बाल्यकालदेखिका दर्जनौं साथीहरु दिनरात खटिए। र घरमा सम्पूर्ण जिम्मेवारी निर्वाह गरेर बसेकी बिन्दु बज्यै र लोकेन्द्र बस्नेत पनि मेरो जीवनको प्रार्थना गरिरहेका थिए।
नर्भिक अस्पतालमा साई बाबाका आकर्षक तस्बिर थुप्रै छन्। त्यति बेला एउटा अचम्मलाग्दो घटना घटेछ। पत्तै नदिई इलाहाबाद बस्ने ज्योतिका एक जना मित्र सरोज शर्मा नर्भिक आइपुग्नुभएछ। बाबाको तस्बिरको वरिपरि घुम्दाघुम्दै उहाँले अत्यन्त मीठो सुगन्ध महसुस गर्नुभएछ। अचानक ज्योतिको नाम लिएर चिच्याउनुभएछ। बाबाको तस्बिरअघि उभिएका बेला उहाँको हातमा आएको विभूति ज्योतिलाई दिनुभएछ। ज्योति दौडिएर माथि गइछन् र मेरो निधार एवम् छातीमा लगाइदिइछन्।
डा. रावतले म बेहोस भएको अठारौं दिनमा भेन्टिलेटर झिक्ने सल्लाह दिनुभएको थियो। तर २१औं दिन अर्थात् झिक्ने भनेको तीन दिनपछि म होसमा फर्किएँ। अठारौं दिनमा ज्योतिले भेन्टिलेटर झिक्ने स्वीकृति दिएको भए मेरो अन्त्य त्यसै बेला हुन्थ्यो।
यो प्रसङ्ग मैले अस्पताल छाडेको केही दिनपछि अन्तर्वार्ताको दौरान उठाउनै लागेको थिएँ, मैले त्यसो गरिनँ। मेरो विवेकले त्यो उचित ठानेन। किनभने अस्पतालले मलाई गरेको सहयोगको तुलनामा मेरो गुनासो कमजोर थियो। त्यसैले अस्पताल व्यवस्थापनले नीच मारेका धेरै कुरा मनमै राखेर बसेको थिएँ। मेरो मनसाय नर्भिकका डाक्टरले बढी पैसा लिए भन्नु थिएन, न त औषधोपचार गर्दा भएको कुल खर्च नर्भिकले मात्र असुलउपर गर्यो नै भन्नु थियो।
डा. रावतले म बेहोस भएको अठारौं दिनमा भेन्टिलेटर झिक्ने सल्लाह दिनुभएको थियो। तर २१औं दिन अर्थात् झिक्ने भनेको तीन दिनपछि म होसमा फर्किएँ। अठारौं दिनमा ज्योतिले भेन्टिलेटर झिक्ने स्वीकृति दिएको भए मेरो अन्त्य त्यसै बेला हुन्थ्यो।
अस्पतालबाट डिस्चार्ज भएको केही महिनापछि मैले नागरिक दैनिकलाई दिएको एउटा अन्तर्वार्तालाई वसन्तजी र कार्यकारी प्रमुखले जसरी लिए, मसँग पानी बाराबार गरे जस्तो आभास भयो। मलाई आजसम्म पनि यो घटनाले दुःखी तुल्याएको छ। वसन्तजीसँगको मेरो सम्बन्ध अस्पताल गएपछि सिर्जित होइन। हाामीलाई चिन्नेलाई यस विषयमा राम्रै गरी थाहा छ।
सन् १९८९ तिरको कुरा हो। पहिलो पटक किनेको माज्दा गाडीका लागि वसन्तजीले ८३ हजार रूपैयाँ सहयोग नगर्नुभएको भए सायद मैले कति वर्ष आफ्नै सवारी प्रयोग गर्ने अवसर पाउँदिनथें। उहाँ मात्र होइन, बुबालगायत सम्पूर्ण चौधरी समूह मेरो परिवारका सदस्यभन्दा पनि नजिक थिए। विनोद चौधरी र अरूण चौधरीसँगको मेरो सम्पर्क एवम् सम्बन्धमा कहिल्यै पनि कुनै पनि किसिमको उतारचढाव आएन। उहाँहरुका भिनाजु महेश अग्रवालजी मेरा राम्रा मित्र हुन्। वसन्तजीले मलाई फोनमै भए पनि एक वचन यसबारे सोधेको भए हुन्थ्यो। म प्रस्ट पारिदिइहाल्थें। नर्भिकप्रति मेरो वैरभाव कदापि छैन। रहने पनि छैन।
तर उहाँहरुले मलाई आफ्नो व्यवसायमा व्यवधान हाल्न उदय भएको “खुराफाती” व्यक्तिका रुपमा बुझ्नुभयो। अस्पताल व्यवस्थापनले मेरो कान्छो छोराका माध्यमबाट स्पष्टीकरणको दबाब दियो। ठूलो छोराले अमेरिकाबाट, ज्योतिले भारतबाट “बिरामी भएका बेला वसन्तजीको योगदान धेरै छ, उहाँसँग असमझदारी नबढाऔं” भनेर पटकपटक मलाई जबाफ पठाइदिन अनुरोध गरे। र लिखित नोट पठाएँ।
मेरो मनसाय पनि वसन्तजीसँग असमझदारी बढाउने थिएन। तर नर्भिकको प्रशासनले बेइमानी गरिदियो। मैले पठाएको जवाफ पुनः आफ्नो प्रतिक्रियासहित अखबारमा पठायो, जुन सार्वजनिक भइसकेकै थियो। तर नर्भिकको एलिभेटरमा समेत टाँसेर धेरै दिन त्यसलाई सार्वजनिक गरायो। नर्भिक गएर देख्नेहरु धेरैले मलाई सुनाए।
एउटा असल एवम् निष्कपट व्यक्तिले मान्छेको संवेदनशीलतासँग त्यस्तो प्रतिशोध कहिल्यै साँध्दैन। मलाई अझै पनि लाग्छ, जे भयो त्यो वसन्तजीले गर्नुभएको होइन। उहाँ कसैबाट उक्साइनुभएको थियो। आफ्ना धारणाअनुसार आफैंले लिएको निर्णय मात्र न्यायिक र उचित हो भन्ने हो भने मलाई केही भन्नु छैन। तर यत्रो ठूलो संस्थाको भविष्यमा प्रतिष्ठा कायम होस् भन्ठान्ने हो भने अरुको तर्क पनि सुन्न सक्ने धैर्य हुनुपर्छ।
अस्पतालबाट बिदावारी भएर घरमा गएँ। केही दिन मेरो हेरविचार गरेर जेठो छोरा गुन्जन विश्व बैङ्कको आफ्नो नयाँ जिम्मेवारी पूरा गर्न वासिङटनतिर लागे। केही समयपछि कान्छो छोरा पनि अमेरिकाबाट आइपुगे। घरमा स्वास्थ्यलाभका लागि झन्डै एक महिना आराम गरेपछि अरु विज्ञको पनि सेकन्ड ओपिनियन लिनुपर्याे भनेर म, पत्नी ज्योति र कान्छो छोरा क्षितिज बैङ्कक गयौं।
हामी मौका पर्दा परीक्षण गर्न जाने गरेको बुमरङगार्ड अस्पतालमा पुगेर डाक्टरको सल्लाहअनुसार केही सामान्य औषधि सेवन गरी तीन हप्ताजति बसेर डाक्टरको अनुमतिबमोजिम काठमाडौं फर्कियौं।
एउटा असल एवम् निष्कपट व्यक्तिले मान्छेको संवेदनशीलतासँग त्यस्तो प्रतिशोध कहिल्यै साँध्दैन। मलाई अझै पनि लाग्छ, जे भयो त्यो वसन्तजीले गर्नुभएको होइन। उहाँ कसैबाट उक्साइनुभएको थियो। आफ्ना धारणाअनुसार आफैंले लिएको निर्णय मात्र न्यायिक र उचित हो भन्ने हो भने मलाई केही भन्नु छैन। तर यत्रो ठूलो संस्थाको भविष्यमा प्रतिष्ठा कायम होस् भन्ठान्ने हो भने अरुको तर्क पनि सुन्न सक्ने धैर्य हुनुपर्छ।
डाक्टरहरुको भनाइमा एकरुपता थियो। उनीहरुले भने, “कहिलेकाहीँ उच्च रक्तचाप, ट्राइग्लिसराइड, कलोस्ट्रोरल आदि अनियन्त्रित हुँदा अक्सर बिहानीपख दुईतीन बजेतिर दसौं लाखमा एक जनालाई एक मिनेटको पनि दशांश जति मुटुको धड्कन टक्क अड्छ। तिमीलाई भएको त्यही हो। तिम्रो मुटुको धड्कन व्यवस्थापन गर्नु जरूरी छ। नेपाल गएर गरे हुन्छ।”
नेपालमा डा. भगवान कोइरालाले कार्डियोलोजिस्ट डा. ओममूर्ति अनिलसँग परिचय गराइदिनुभयो। “शल्यक्रिया आवश्यक भएको भए म आफैंले हेर्थें। तर तपाईंको समस्या मुटुको व्यवस्थापन हो। त्यसैले यसका लागि डा. ओममूर्ति सफल एवम् सक्षम कार्डियोलोजिस्ट हुन्,” उहाँले भन्नुभयो। मैले डा. कोइरालाको सल्लाहअनुसार डा. ओममूर्तिसँग समय लिई भेट्न गएँ। म उहाँको तर्क, औषधि छान्ने तरिका र बिरामीको समस्या सुन्ने धैर्यदेखि प्रभावित भएँ।
आफ्नो निरीक्षणमा कोरोनरी आर्टरी डिजिजअन्तर्गत मुटुको अनियमित धड्कन, एरिदमिक अर्थात् डिसरिदमियाको व्यवस्थापन गर्न उहाँले सिफारिस गरेका औषधिले राम्रो काम गर्यो। त्यसपछि आजसम्म उहाँकै बिरामीका रुपमा नियमित परीक्षणमा छु।
मैले डा. ओमलाई एउटा अद्वितीय ज्ञान भएको इमानदार डाक्टरका रुपमा पाएको छु। आफ्नो पहुँचमा रहेका दसौं हजार बिरामीको स्वास्थ्य परिसूचकको अभिलेख राखेर तिनीहरुको प्रवृत्तिमा आउने परिवर्तन र त्यसको प्रभावबारे अध्ययन गरेर व्यावहारिक अनुसन्धानका आधारमा आफ्नो अभ्यास जारी राख्ने थोरै डाक्टरमध्ये उहाँ पनि एक हो। मलाई लाग्छ, एक पटक परीक्षण गराइसकेपछि कुनै पनि बिरामीले उहाँलाई छाड्दैन।
- विश्वम्भर प्याकुर्यालको आत्मकथाआफैंलाई खोज्दाः केही छोपिएका, केही उघारिएका बाट । फाइनप्रिन्टद्वारा प्रकाशित यो पुस्तक ४ असोजबाट सार्वजनिक हुँदैछ ।