काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ८५९ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ८५९ जना संक्रमित थपिएका छन्। यो एकैदिन थपिएको अहिलेसम्मकै सर्वाधिक संख्या हो। थपिएकामध्ये काठमाडौंका मात्र ६९८ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१६ महिला र ४८२ पुरुष, भक्तपुरमा ४८ महिला र ३४ पुरुष तथा ललितपुरमा ३२ महिला र ४७ पुरुषमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टायता देशभर भने २०२० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले दिएको जानकारी अनुसार हाल मुलुकमा १ हजार ३८३ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ९२९५ जना संस्थागत आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टायता कोरोनाबाट ७ जनाको मृत्यु भएको छ भने ८७१ जना निको भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ। मृतकको संख्या ३९० पुगेको छ।
हाल क्वारेन्टिनमा ७७३६ जना रहेका छन्। पछिल्लो २४ घण्टामा ११ हजार ४५८ वटा पीसीआर नमूना परीक्षण भएको छ।