टाटाको अल्ट्रोज प्रिमियम ह्याचब्याक नेपाली बजारमा
टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक नेपाली बजारमा ल्याएको छ । टाटाले डिजिटल प्रबिधिबाट सार्वजनिक गरेको यो सावरी साधन १ असोजदेखि नेपाली बजारमा आएको छ ।
याे गाडी प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा भारतबाट सन् २०२० को पहिलो महीना गाडी सार्वजनिक भएको थियो । सिप्रदीले टाटा अल्ट्रोजको सुरुवाती मुल्य रु. २९,९९,००० तोकेको छ । सिप्रदीले नेपालभरीका सबै डिलरहरुमार्फत यसको बुकिङ खुला गरेको पनि जानकारी दिएको छ ।
टाटा अल्ट्रोज, अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एक मात्र गाडी हो । यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज–फस्ट, ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्ससहितका प्रबिधियुक्त विशेषता रहेको टाटा मोटर्सका प्यासेन्जर भेहिकलका इन्टरनेसनल बिजनेस हेड सुजन रोयले जानकारी दिएका छन् ।
नेपाली ग्राहककाे छनाेटमा अल्ट्रोज पर्नेमा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ विश्वस्त छन् ।