महामारीमा लामो यात्राको तयारी: बसहरु सरसफाइ र निस्संक्रमित गरिंदै (तस्वीरहरु)
सरकारले सञ्चालनको अनुमति दिएसँगै आजबाट लामो दूरीका सार्वजनिक यातायात चल्दैछन्। गत ११ चैतको बन्दाबन्दीसँगै बन्द गरिएका लामो दूरीका यातायात करीब ६ महीनापछि चल्न शुरु भएका छन्।
सञ्चालनको अनुमति पाएपछि काठमाडौं उपत्यकाबाट विभिन्न गन्तव्यमा यातायात गुडाउने बस व्यवसायीहरु महीनौं थन्क्याएर राखिएका बसको सरसफाइ गर्न थालेका छन्। उपत्यकाको गोंगबुस्थित नयाँ बसपार्कमा सरसफाइसँगै यात्रुको स्वास्थ्य सुरक्षाका लागि बस निस्संक्रमित पारिंदैछन्।
सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार बस सञ्चालनको अनुमति दिंदै सिट क्षमताको आधा यात्रु मात्रै राखेर गुडाउन निर्देशन दिएको छ। जसका कारण सार्वजनिक यातायातमा व्यवसायीले ५० प्रतिशतसम्म बढी भाडा लिन पाउनेछन्।
चालक लगायत गाडीका कर्मचारीले मास्क, पञ्जा, स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ भने सहचालकले फेस शिल्ड पनि लगाउनुपर्नेछ। यस्तै, यात्रुहरुले पनि मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ।
नयाँ बसपार्कमा सरसफाइ र निस्संक्रमित गरिंदै बस: