जिल्ला प्रशासन कार्यालयमै स्तनपान कक्ष
महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालयमै स्तनपान कक्षको व्यवस्था गरेको छ ।
अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउनका लागि यस्तो व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।
कार्यालयमा सेवा लिन आउने महिलाले सहजरूपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन् र सुरक्षित स्थानमा स्तनपान गराउन सकुन् भन्ने उेद्दश्यले स्तनपान कक्ष सञ्चालन गरिएको हो ।
गण्डकी प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालयको झण्डै रु नौ लाखको लागतमा भवन निर्माण गरी स्तनपान कक्ष बनाइएको हो ।
कार्यालयले ज्येष्ठ नागरिक, फरक क्षमता भएकाहरुका लागि समेत विशेष व्यवस्था गरेको छ, जसले गर्दा उनीहरुको काम छिट्टै सम्पन्न हुन थालेको छ ।