नोट 'डिसइन्फेक्सन' गर्ने मेसिन सार्वजनिक
कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला रुपैयाँका नोट 'डिसइन्फेक्सन' गर्ने मेसिन सार्वजनिक भएको छ। आज सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दाबी छ।
खेम्स क्लिनिङ र र्यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले ब्यांकहरूमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानी बाहेक अन्य घरायसी समग्रीहरू पनि 'डिसइन्फेक्सन' गर्न सकिने कम्पनीको भनाइ छ।
कम्पनीका निर्देशक मनिस थापाले ब्यांकहरूमा पैसासँगै अस्पतालमा पीपीई मास्क, घरमा समेत चस्मा, घडी र अन्य कपडाहरू समेत डिसइन्फेक्सन गर्न सकिने बताए। ३० सेकेण्डदेखी ४ मिनेटसम्ममा कुनै पनि सामान डिसइन्फेक्सन गर्न सकिने उनले बताए।
मेसिनको न्यूरोडमा रहेको कुमारी ब्यांकमा परीक्षण गरिएपछि बजारमा सार्वजनिक गरिएको हो। कोरोना भाइरसले अहिले विश्व नै आक्रान्त बनिरहेका बेला पैसा लगायत हामीले दैनिक प्रयोग गर्ने सामानहरू डिसइन्फेक्सन गर्न सकिने भएपछि केही सहज हुने विश्वास लिइएको छ। ।