म्यासेजिङ एप भाइबरमा ‘मह जोडी’का स्टिकर
म्यासेजिङ एप भाइबरमा ‘मह जोडी’ का रुपमा परिचित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका स्टिकरहरू आएका छन्।
कलाकार आचार्यले आफ्नो फेसबुक पेजमार्फत स्टिकरबारे जानकारी दिएका छन्। उनले लेखेका छन्, “भाइबर र मह संचारको सहकार्य। तपाईंहरूले मन पराउनु भएका हाम्रो विभिन्न चरित्रहरू अब भाइबर स्टिकरमा उपलब्ध छन्।”
स्टिकरले सन्देश र सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ। भाइबरको स्थापना सन् २०१० मा इजरायलमा भएको हो। सन् २०१३ मा भाइबर आउट र भाइबर स्टिकर आएको हो।