कोरोनाबाट काठमाडौंका ४ सहित ११ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ जना पुगेको छ।
मृत्यु हुनेमा सिराहमा ३५ वर्षीया, बारामा ५५ वर्षीया, रुपन्देहीमा ६४ वर्षीया महिला र सर्लाहीमा ६४ वर्षीय, बारामा ५५ वर्षीय, मकवानुपुरमा ६१ वर्षीय र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ।
साथै काठमाडौंमा ८६ वर्षीया महिला, ३४, ९६ र ६६ वर्षीय पुरुषको कोरोनाबट मृत्यु भएको छ।
नेपालमा पछिल्लो २४ घण्टायता १४५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै मुलुकमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५६७८८ पुगेको छ।
स्वास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमार्फत दिएको जानकारी अनुसार १०६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ४०६३८ पुगेको छ।
हाल सक्रिय संक्रमितको संख्या १५७७९ छ। त्यसमध्ये ८१३९ जना संस्थागत आइसोलेसनमा र ७६४० जना होम आइसोलेसनमा रहेका छन्।
त्यसैगरी क्वारेन्टिनमा ७२५० जना रहेका छन्। पछिल्लो २४ घण्टामा १०३७५ वटा पीसीआर नमूना परीक्षण भएको छ।