सूचनाको अधिकार पुरस्कार गाउँलेलाई
नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसका अवसरमा महासंघका पूर्वअध्यक्ष एवं खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार दिइएको छ ।
महासंघको मोरङ शाखामा स्थापित रु ५१ हजार राशिको सो पुरस्कार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकार गाउँलेलाई प्रदान गरेका हुन् ।
रु ११ हजार राशिको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पत्रकार गणेश लम्साललाई दिइएको छ ।
सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश १ मा आगामी भदौ अगावै तीन सदस्यीय सूचना आयोग गठन गरिसक्ने बताए ।