रातो मत्स्येन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर बुङमती लगियो (तस्वीरहरू)
कोरोना महामारीका कारण रोकिएको सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर बुङमती लगिएको छ। मीननाथको रथ भने पुल्चोकबाट तानेर टंगलस्थित उनकै मन्दिरमा पुर्याइने भएको छ।
महामारी रोकथामका लागि सरकारले तय गरेका मापदण्ड विपरीत हुने भएकाले यस वर्ष पाटनका वस्तीमा रथ यात्रा गर्ने र लगनखेलमा नरिवल खसाल्ने तथा जावलाखेलमा भोटो जात्रा रोकियो। यसअघि साउन १० गते मत्स्येन्द्रनाथलाई तबहालबाट पुल्चोक पुर्याएर त्यहाँ रथारोहण गरिएको थियो।
रथ यात्रा गर्ने विषयमा प्रशासनको निर्णय भएपछि स्थानीय स्वस्फूर्त रुपमा सडकमा आएपछि १८ भदौमा झडप भएको थियो।
तस्वीरहरू: