काठमाडौं उपत्यकाका ८ सहित एकैदिन कोरोनाबाट थप १५ जनाको मृत्यु
मुलुकमा पछिल्लो २४ घण्टायता एकैदिन १५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्रै ८ जना रहेका छन्। उपत्यकाका जिल्लाहरू काठमाडौंका ६१ वर्षीया १ महिला र ७७, ६२, ७३, ८५, ७० वर्षीय पुरुषको मृत्यु भएको छ। त्यस्तै ललितपुरमा ५५ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको छ।
साथै मोरङमा ४० र ७० वर्षीय पुरुष र रामेछापमा २३ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। गोरखामा ६३ वर्षीया, नवलपरासीमा ६२ वर्षीया, पर्सामा ५५ वर्षीया र कपिलवस्तुमा ४७ वर्षीया महिलाको कोरोनाबाट पछिल्लो २४ घण्टायता मृत्यु भएको छ।
नेपालमा पछिल्लो २४ घण्टायता थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल १०८७८ वटा नमूना पीसीआर परीक्षण गरिएकोमा ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमार्फत दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता ८७९ जना निको भएर घर फर्किएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३९५७६ जना निको भइसकेका छन्।
हाल मुलुकमा १५३९३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। त्यसमध्ये संस्थागत आइसोलेसनमा ८११८ जना र होम आइसोलेसनमा ७२७५ जना रहेका छन्।
त्यस्तै क्वारेन्टिनमा ६८९२ जना रहेका छन्। कोरोनाका गम्भीर १७९ जना बिरामीको आईसीयूमा र २९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।