कोरोनाबाट ९ जनाको मृत्यु, काठमाडौंका मात्रै ६ जना
नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ। त्यसमध्ये सबभन्दा धेरै मृत्यु हुनेको संख्या काठमाडौंमा छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मोरङमा ६९ वर्षीय पुरुष, काठमाडौंमा ६५, ६५ वर्षीया महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुष, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिला रहेका छन्।
यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ।