फाउची भन्छन्, कोभिड–१९ महामारी २०२१ को अन्त्यसम्म रहन सक्छ
अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोभिड–१९ महामारी सन् २०२१ को अन्त्यसम्म रहने चतावनी दिएका छन्।
अमेरिकाको नेशनल इन्स्टिच्युसन अफ एलर्जी एन्ड इन्फेक्टियस डिजिजेजका निर्देशकसमेत रहेका फाउचीले अमेरिकामा फ्लुको सिजन शुरु हुन लाग्दा कोभिड–१९ बाट दैनिक ४० हजार संक्रमित र एक हजारको मृत्यु भइरहेको बताए। उनले भनेका छन्, “यदि तपाईं कोभिड–१९ भन्दा अगाडिको परिस्थितिमा फर्कने कुरा गर्दै हुनुहुन्छ भने सन् २०२१ भित्रमा ठीक हुनेछ। संभवतः यो २०२१ को अन्त्यसम्मै जानेछ।
उता संयुक्त राष्ट्रसंघको साधारण सभाले यसलाई संयुक्त राष्ट्रसंघको स्थापनापछिको सबैभन्दा ठूलो चुनौतीको रुपमा लिएको छ। प्रस्तावनामा भनिएको छ, “साधारण सभाले कोभिड–१९ लाई संयुक्त राष्ट्रसंघको इतिहासमा सबैभन्दा ठूलो चुनौती रहेको स्वीकार गरेको छ।”
-हिन्दूस्तान टाइम्सबाट