सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड-१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ। सम्पादकको सिफारिशस् सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं।
हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. रु.१ हजार घुस लिएको आरोपमा अख्तियारले मुद्दा चलाएपछि आत्महत्या गरेका खरिदार अदालतबाट निर्दोष ठहर
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५, कटुन्जे निवासी रामहरि सुवेदी (४७) ले गत वर्ष, ६ असोज २०७६ मा आफ्नै घरको भर्याङमा झुण्डिएर आत्महत्या गरे। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रू। १ हजार घुस लिएको आरोपमा मुद्दा चलाएपछि आत्महत्या गरेका ती खरिदारले अदालतबाट सफाइ पाएका छन्। - तुफान न्यौपानेको रिपोर्ट।
२. रथयात्रा प्रकरणमा कहाँ चुक्यो प्रशासन ?
रातो मत्स्येन्द्रनाथको रथजात्राका सम्बन्धमा भदौको तेस्रो साता ललितपुरको पाटन क्षेत्र तनावपूर्ण रह्यो। रथ तान्ने अनुमति प्रशासनबाट नपाउनुलाई ‘आफ्नो संस्कृतिमा हस्तक्षेप’ को रूपमा बुझेका युवा जमातले जबर्जस्ती थालेको रथजात्रामा प्रहरीले बल प्रयोग गर्यो। परिणामस्वरुप अनिर्णित अवस्थामा रहेको रथजात्रा अन्ततः औपचारिक रूपमा स्थानीयकै भावनाअनुरुप सम्पन्न गर्न प्रशासन बाध्य भयो। रातो मत्स्येन्द्रनाथ रथयात्रा प्रकरणलाई अति संवेदनशील सांस्कृतिक कर्म नभई जातीय द्वेष र घृणा फैलाउने तत्वका रूपमा जसरी परिभाषित गरियो, त्यसले समुदायबीच आपसी समझ अझ बढाउनुपर्ने सन्देश दिएको छ। - वसन्त महर्जनको टिप्पणी।
३. सेनामा तीव्र रूपमा चलेको छ, ‘तीन जोर एक’ कमाण्ड संरचनाको बहस
नेपाली सेनाले अहिलेको प्रादेशिक संरचना अन्तर्गत रहेर भइरहेको सैन्य संरचनाको अभ्यास समस्याग्रस्त रहेको निचोड निकाल्दै सैन्य प्रकृति र जिम्मेवारी अनुसारको भौगोलिक कमाण्ड संरचना निर्माणको बहस अघि बढाएको छ। नेपाली सेनाभित्र पूरै देशलाई तीन भौगोलिक क्षेत्र र काठमाडौं उपत्यकामा बाँडेर ‘तीन जोर एक’ कमाण्ड संरचना निर्माण गर्ने बहस तीव्र बन्नुको अर्थ हो– संघीय संरचनाभित्रको सैन्य अभ्यासबाट उकुसमुकुस बनेको जंगीअड्डा यहीबेला संगठनात्मक संरचना नै पुनर्गठन गर्न खोज्दैछ। - किरण नेपाल र रामेश्वर बोहराको रिपोर्ट।
४. सर्वोच्चले द्वन्द्वकालीन मुद्दा सम्बन्धी पुरानो फैसला ‘रिभ्यू’ गर्न किन गर्यो अस्वीकार ?
सर्वोच्च अदालतले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा क्षमा दिन नमिल्ने कानून बनाउन साढे पाँच वर्ष पहिले दिएको आदेशलाई निरन्तरता दिने र त्यसको पुनरावलोकन नहुने निर्णय सुनाएको छ। गएको १४ वैशाखमा सर्वोच्च अदालतका पाँच जना न्यायाधीश सम्मिलित बृहत पूर्ण इजलासले दश वर्षे द्वन्द्वकालका घटना सम्बन्धमा सर्वोच्चबाटै भएको त्यसअघिको फैसला पुनरावलोकन गर्न नमिल्ने निर्णय सुनायो। सरकारले फैसला पुनरावलोकनका लागि दिएको निवेदन खारेज गर्दै सर्वोच्चले सुनाएको त्यो निर्णयको पूर्णपाठ भर्खरै सार्वजनिक भएको छ। यसमा सर्वोच्चले १४ फागुन २०७१ मा गरेको आफ्नो फैसला पुनरावलोकन नहुने, त्यसो गर्न नमिल्ने कारणहरू समेत खुलाएको छ। - तुफान न्यौपानेको रिपोर्ट।
५. एसिड आक्रमणका पीडित भन्छन्– जलनको पीडा जीवनभर हुन्छ, पीडकलाई किन कम सजाय ?
पीडितको जीवनको गतिलाई नै मोडिदिने एसिड आक्रमणलाई विद्यमान कानूनले यति ठूलो अपराधको रूपमा नचिनेको भन्दै पीडित, उनीहरूका परिवार र अभियन्ताहरू यस्ता घटना न्यूनीकरणका लागि एसिड बिक्री–वितरणमा कडाइदेखि पीडकलाई दण्ड सजाय दिने कडा कानून बनाउनुपर्ने बताउँछन्। - लक्ष्मी बस्नेतको रिपोर्ट।
६. के थियो बीपीको ‘नेपाली सपनार ?
नेपाली राजनीतिमा बीपी लोककथामा ‘दृष्टिविहीनले छामिरहेको हात्ती’ जस्तो बनेका छन्। उनको जीवन र विचारको क्रान्तिकारी तत्वको निरुपण र संवरण आज पनि नेपाली बौद्धिक विमर्शको केन्द्रमा छ। नेपाली जनताको जीवनस्तर कम्तीमा मध्यम वर्गको वा प्रधानमन्त्री सरहको नहुन्जेलसम्म बीपी कोइराला ‘नेपाली सपना’को केन्द्रमा रहिरहनेछन्। बीपी जयन्तीको अवसरमा - शंकर तिवारीको बीपी कोइरालामाथिको व्यक्तित्व। साथमा बीपीबारे थप लेख, आकाईभको सँगालो।
• कांग्रेस–कार्यकर्ताका सात ‘खराबी’
• बीपी भन्थे– म ईश्वरसँग विवाद गरिरहेको छु
• बीपी विचार र अवसान उन्मुख कांग्रेस
• बीपीका दुई आदर्शः गान्धी र कुमारप्पा
• मुखमा बीपी, बेवास्तामा विचार
• बीपीको कूटनीतिः सन्तुलनको सकस
• बीपी किन नेहरूका प्रिय हुन सकेनन् ?
• बीपीका अन्तिम दिन
७. नेकपाको संकट टर्यो कि सर्यो?
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकको दृष्य अरु बेला भन्दा फरक थियो। एक हिसाबले भन्दा यो अर्थपूर्ण दृष्य थियो। बैठक हलमा गरिएको नेताहरूको कुर्सी व्यवस्थापन र बैठक सञ्चालन, दुवै कुरा हेर्दा पुष्पकमल दाहाल अब नेकपाको कार्यकारी अध्यक्ष बनेको प्रष्ट सन्देश दिने प्रयास गरिएको देखिन्थ्यो। दुई अध्यक्षबीचको आपसी लेनदेनमा टुंग्याइएको आठ महीना लामो नेकपाको शक्ति संघर्ष अब कसरी अगाडि बढ्छ भन्ने मूलतः अध्यक्ष पुष्पकमल दाहालले पाउने र देखाउने कार्यकारी भूमिकामा निर्भर हुनेछ। सइन्द्र राईको रिपोर्ट।
८. नेताका नामका प्रतिष्ठानलाई यसरी दिइन्छ राज्यकोषको करोडौं अनुदानदेखि सरकारी जग्गासम्म
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको नाममा सर्लाहीमा स्थापित प्रतिष्ठानले सर्पदंशको औषधि बनाउने प्रयोगशाला स्थापनाका लागि भनेर सरकारबाट रु।७२ करोड अनुदान पाउने विवरण सार्वजनिक भएपछि सार्वजनिक आलोचना चुलिएको छ। नेताका नाममा खुलेका र कुनै दलविशेषको निकट भएर काम गरिरहेका प्रतिष्ठान र संस्थालाई सरकारले राष्ट्रको ढुकुटीबाट झिकेर अनुदान मात्र दिएको छैन, सरकारी जग्गा समेत बाँडेको छ। रमेश कुमारको रिपोर्ट। साथमा मिलन बगालेको टिप्पणी सर्प पाल्ने कि चुल्हो बाल्ने ?
९. कोरोना संक्रमितको उपचारमा उपयोगी औषधिको यसरी हुँदैछ नेपालमा ‘क्लिनिकल ट्रायल’
अहिलेसम्म मुलुकमा कोरोना संक्रमितको उपचारमा अनुसन्धान प्रयोजनका लागि प्रयोग भइरहेको रेमडिसिभिर एक मात्र औषधि हो। यस बाहेक स्टेरोइड र एन्टीबायोटिक औषधि चिकित्सकहरुले अन्तर्राष्ट्रिय अनुसन्धान र कोरोना संक्रमितको उपचार गर्नेसम्बन्धी निर्देशिका अनुसार बिरामीमा प्रयोग गर्दै आएका छन्। अन्तर्राष्ट्रिय अनुसन्धानहरूले उपयोगी देखाएका विभिन्न औषधि नेपालमा कोरोना संक्रमितको उपचारमा आवश्यकता अनुसार प्रयोग भइरहेको छ भने कतिपयको प्रभाव हेर्न क्लिनिकल ट्रायल गरिंदैछ। रामु सापकोटाको रिपोर्ट।
१०. संवैधानिक नियुक्तिको कुरुप तस्वीर सुधार्ने कहिले ?
संविधान कार्यान्वयन गर्ने राज्यका महत्वपूर्ण अंग, संवैधानिक निकायहरूमा हुने नियुक्तिमै संविधानले गरेको समावेशी अभ्यासको परिकल्पनाको धज्जी उडाइएको छ। ढिलै सही, अहिले १० वटा संवैधानिक निकायमा एकैपटक गर्न लागिएको ३९ वटा पदपूर्तिमा यस्तो कुरुप तस्वीर बदल्ने अवसर छ। तुफान न्यौपानेको रिपोर्ट।
११. जग्गाको कित्ताकाट फुकुवा, घरजग्गा व्यवसायीको स्वार्थमा खुलाइएको आरोप
तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहितले २०७४ साउनमा कृषियोग्य जग्गाको खण्डीकरण रोक्न भन्दै कित्ताकाट रोकेका थिए। अर्यालले २०७५ पुसमा कित्ताकाटलाई खुकुलो बनाउने निर्णय गरेकी थिइन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले १८ भदौमा कित्ताकाट फुकुवाको निर्णय गरेकी हुन्। ऐनको व्यवस्थाअनुसार, कैयौं स्थानीय तहमा अझै यस्तो वर्गीकरण र नक्शांकन भएको छैन। ऐन अनुसारको नियमावली नै बनेको छैन र देशभरिको भू-उपयोग नक्शा र डाटा तयार नभइसकेको अवस्थामा कित्ताकाट फुकुवा गर्न नमिल्ने भन्दै आलोचना चुलिएको छ। एउटा सामग्री।
१२. प्रहरी हिरासतमा किन भइरहेको छ बन्दीको मृत्यु ?
रौतहटको गरूडा नगरपालिका–८ जिंगडियामा ३१ साउन राति निरञ्जन राम को घाँटी रेटेर हत्या भएको घटनामा अनुसन्धानका लागि भन्दै जिंगडियाकै ११ युवालाई प्रहरीले अर्को दिन पक्राउ गर्यो । त्यसमध्येका एक विजयरामको हिरासतमै मृत्यु भयो। महानगरीय प्रहरी परिसर, जावलाखेल ललितपुरको हिरासत कक्षमा १७ असारमा सिरहाका दुर्गेश यादव (२४) को मृत्यु भयो। प्रहरीले यादवले आत्महत्या गरेको बतायो। २०७५ भदौमा बर्दिया प्रहरीको नियन्त्रणमा रहेका राममनोहर यादव (३०) को मृत्युमा राष्ट्रियस्तरको चर्चा भएको थियो। प्रहरी हिरासतमा रहेका बन्दीको मृत्यु हुने क्रम बढ्नुलाई मानवअधिकारकर्मीहरू यातनालाई अपराध मान्ने कानून बनिसक्दा पनि हिरासतमा यातना नरोकिएको रूपमा अर्थ्याउँछन्। तुफान न्यौपानेको रिपोर्ट।
१३. जंगबहादुरलाई मार्न लखन थापाले बनाएको किल्ला
गोरखाका पूर्व सैनिक लखन थापा प्रधानमन्त्री जंगबहादुरलाई हत्या गरी देशको सुनौलो भविष्य कोर्न चाहन्थे। तर, विद्रोहको तयारी गरिरहेका उनलाई जंगबहादुरकै आदेशमा झुण्ड्याइयो र उनी देशकै प्रथम शहीद बने। नेपालमा प्रथम शहीद लखन थापा मगर बारे थुप्रै प्रश्न, शंका सुनिन्छ। लखन थापा ‘सैन्य अफिसर भएको प्रमाण के छ रु’ भन्ने प्रश्न मात्र होइन, सरकारी मुखपत्रमै उनलाई ‘लुच्चो मगर’ लेखेर निन्दा समेत गरिएको छ। - राजकुमार दिक्पालको इतिहास चर्चा।
१४. नेपालका प्रमुख तीन नदी जलाधारका ४७ वटा हिमताल विस्फोटको जोखिममा
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० ले नेपालको कोशी, गण्डकी र कर्णाली नदी जलाधार क्षेत्रमा रहेका हिमताल र त्यसको जोखिमबारे गरेको अनुसन्धान प्रतिवेदनले विस्फोटको जोखिम औँल्याएको छ। विश्वव्यापी तापक्रमका कारण नेपालको उच्च हिमाली क्षेत्रमा रहेका हिमताल पग्लिने क्रममा वृद्धि हुँदै गएको छ। जसकारण नेपालका प्रमुख तीन वटा नदी जलाधार क्षेत्रका ४७ वटा हिमताल सम्भावित विस्फोटको जोखिममा छन्। - मुकेश पोखरेलको रिपोर्ट।