काठमाडौं उपत्यकाका ५ सहित १४ जनाको कोरोनाबाट मृत्यु
नेपालमा पछिल्लो २४ घण्टायता १४ कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा ३ जना महिला र ११ जना पुरुष रहेका छन्। यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ।
पछिल्लो २४ घण्टायता मृत्यु हुनेमा पर्सामा ७८ वर्षीया , काठमाडौंमा ७६ वर्षीया महिला र तनहुँमा ७६ वर्षीया महिला रहेका छन्। त्यस्तै
सुनसरीमा ४३ वर्षीय पुरुष, काठमाडौंमा ५१ र ५४ वर्षीय पुरुष, भक्तपुरमा ७२ र ३८ वर्षीय पुरुष, चितवनमा ६१ वर्षीय पुरुष, स्याङजामा ८५ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीय पुरुष, कास्कीमा ५१ वर्षीय पुरुष, रुपन्देहीमा ६० र ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा मुलुकमा थप १२०१ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै मुलुकमा कोरोना संक्रमित हुनेहरूको संख्या ५३१२० जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८५२ जना निको भएर घर फर्किएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ३७५२४ पुगेको छ।
हाल मुलुकमा १५२६० जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ९१०७ जना संस्थागत आइसोलेसनमा र ६१५३ जना होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा १०१७६ वटा नमूना पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टिनमा ६३५४ जना रहेका छन्।
मन्त्रालयका अनुसार हाल आइसोलेसनमा १६० जना र भेन्टिलेटरमा २४ जना सिकिस्त बिरामीहरू रहेका छन्।