ड्रागनफलमा यस्ता छन् औषधीय गुण
हामीलाई खाना खाएर मात्र पुग्दैन। खाना पोषणयुक्त पनि हुनुपर्छ। नेपालमा प्रायः बालक, गर्भवती र वृद्धवृद्धा कुपोषित हुन्छन्। उनीहरुका लागि ड्रागनफल अति नै उपयोगी हुन्छ।
ड्रागनफल नेपालमा उत्पत्ति नभए पनि यहाँको हावापानी र माटोले यसलाई आत्मसात गरिसकेको छ। विश्वका यस्ता अनेकौँ गुणकारी फलफूल, खाद्यान्न र वनस्पति नेपालका भूमिमा सप्रिने र रमाउने गरेका छन्। यो नेपाली माटोको एक विशिष्ट विशेषता नै बन्न पुगेको छ।
मानिसलाई स्वस्थ हुनका लागि सरल र सहज ढङ्गले गाउँघरमै उपलब्ध हुने धेरै पौष्टिक चिज छन्। अशिक्षा, गरिबी र बेवास्ताले सामान्य प्रयत्न र सरल मूल्यमा उपलब्ध हुन सक्ने अत्यन्तै, पौष्टिक, गुणकारी र उपयोगी फलफूलबाट धेरै मानिस बञ्चित भएका छन्।
अहिले विश्वमा अन्यत्र पाइने वस्तु पनि नेपाल ल्याएर उत्पादन हुने गरेका छन्। मानव स्वास्थ्यलाई धेरै हित गर्ने, नेपालका अधिकांश क्षेत्रका घर–घर र बस्ती–बस्तीमा खेती गर्न सकिने नयाँ उपजका रुपमा ड्रागनफललाई लिन सकिन्छ।
पोषण मानव शरीरका लागि आवश्यक र अनिवार्य तत्व हो। तर, खाना खाएर मात्र पुग्दैन। खाएको खाना पोषणयुक्त हुनुपर्छ। कुपोषणबाट बचाउन ड्रागनफल अति उपयोगी छ। त्यसका लागि यो फलको उपलब्धता सुलभ हुनुपर्छ।
नेपालमा यो फल उत्पादनको सम्भावना व्यापक छ। सबैले किन्न सक्ने, सस्तो, ताजा, जतासुकै उपलब्ध हुनसक्ने फलको रुपमा विकास गर्न सके मानव स्वास्थ्यमा सुधार आउँछ। व्यापक उत्पादनले नयाँ रोजगारीको सिर्जना हुनसक्छ। विदेशिने नेपाली यहीँ रहन्छन्। नेपाल एक सुन्दर बगैंंचा बन्छ।
ड्रागनफलले शरीरमा पानीको मात्र कमी हुन दिँदैन। खाँदा सजिलै पच्छ र पेट पनि सफा हुन्छ। कब्जियतको समस्या हुँदैन। अपच र कब्जियतबाट लाग्ने धेरै किसिमका रोगबाट बचाउँछ। यसमा आइरन धेरै पाइने हुँदा रक्तअल्पता पनि हुन दिँदैन।
ड्रागनफलमा पानी र फाइबर प्रशस्त मात्रामा हुन्छ। त्यसकारण यसले शरीरमा पानीको मात्र कमी हुन दिँदैन। खाँदा सजिलै पच्छ र पेट पनि सफा हुन्छ। कब्जियतको समस्या हुँदैन। अपच र कब्जियतबाट लाग्ने धेरै किसिमका रोगबाट बचाउँछ। यसमा आइरन धेरै पाइने हुँदा रक्तअल्पता पनि हुन दिँदैन।
प्रजनन् उमेर समूहमा पर्ने १५ देखि ४९ वर्षका झनै ६० प्रतिशत नेपालका किशोरी तथा महिलामा रक्तअल्पता हुने गरेको छ। यसले शरीरमा रोग प्रतिरोधी क्षमता घटाउने हुँदा धेरै किसिमका रोग लाग्छ।
गर्भवती महिलामा रक्त अल्पता भएमा गर्भमा रहेको भ्रुण स्वस्थ हुँदैन, जन्मिएको बच्चा पनि रोगी र कम तौलको हुन्छ। रोगी बच्चाको सङ्ख्या बढ्नुको मतलव भविष्यको जनशक्ति र भावी सन्तति रोगी हुनु हो।
आमा र बच्चा नै रोगी भए पछि पैसा र समय हस्पिटल धाउँदा र औषधि खाँदैमा बर्वाद हुन्छ। अन्य रचनात्मक काम गर्ने समय मिल्दैन। समयमा खानपानमा विचार पु¥याउँदा भावी सन्तति र समाजमा सकारात्मक प्रभाव पर्छ। यसका लागि ड्रागनफलको नियमित सेवनले ठूलो मद्दत गर्छ।
यो रसिलो र नरम भएकाले दाँत नभएका स–साना बच्चादेखि बुढाबुढीले पनि सजिलै खान र निल्न सक्छन्। राम्ररी मिचिने जेसुकैमा घोले मिसाउन मिल्ने भएकाले अन्य खाने कुरासँग खान पनि सकिन्छ।
यसमा पाइने दर्जनौं खनिज तत्व र भिटामिनहरुले सबै उमेर समूहका मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ। यसमा प्रशस्त मात्रामा क्याल्सियम पाइने हुनाले हाड र दाँतलाई मजबुत बनाउँछ। खासगरी ३०–३५ वर्ष भन्दा बढीका महिलामा हड्डी कमजोर हुने, छिद्रा–छिद्रा जस्तो हुने गर्छ। यसको रोकथामका लागि ड्रागनफल अत्यन्तै उपयोगी हुन्छ।
यसमा सूक्ष्म पोषण तत्व प्रशस्त मात्राम पाइने हुनाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। साथै शरीरमा देखिने बुढ्यौलीका लक्षणलाई पनि कम गर्छ।
गर्भवती महिलालाई खाना रुची नहुने र बान्ता भइरहने हुनसक्छ। त्यस्ता महिलाका लागि यो फल अत्यन्त उपयोगी हुन्छ। बिरामीका लागि पनि यसले खाना रुची गराउने, मुख मीठो बनाउने, भोक जगाउने र खाएको पचाउन मद्दत गर्ने गर्छ।
विश्वका अन्य देशमा जस्तै नेपालमा पनि लोकप्रिय भएको गुणकारी ड्रागनफल भिटामिन र मिनरलको एकीकृत क्याप्सुल हो भन्दा पनि फरक पर्दैन। यो फल खाँदा एकै पटक जेजे तत्व एकिकृत रुपमा शरीरले पाउँछ यो अन्यबाट ती सबै तत्व नपाइन सक्छ।
यो फलमा धेरैवटा खाद्यतत्व पाइन्छ। त्यसैले एकै गाँसमा धेरै तत्व सहज रुपमा शरीरमा पुर्याउने उपयोगी स्रोत ड्रागनफल हुनसक्छ। मिठो, रसिलो, औषधिजन्य गुणहरुले युक्त भएकाले मानव स्वास्थ्यका लागि यो उपयोगी फल हो। खाद्यान्न अभाव र अनिकालको अवस्था भएको खण्डमा पनि खाद्य परिपूर्तिको रुपमा यो फल विकल्प हुन सक्छ।
विश्वका अन्य देशमा जस्तै नेपालमा पनि लोकप्रिय भएको गुणकारी यो फल भिटामिन र मिनरलको एकीकृत क्याप्सुल हो भन्दा पनि फरक पर्दैन। यो फल खाँदा एकै पटक जेजे तत्व एकीकृतरुपमा शरीरले पाउँछ अन्यबाट ती सबै तत्व नपाइन सक्छ। यसलाई सुकाउँदा वा पिस्दा कुनै तत्व हराउन सक्छ। त्यसैले यो ताजा खाने फल हो। यो र यस्ता अन्य धेरै फलफूल हाम्रा खेतबारीमा पाइन्छन्।
यसको उत्पादन धेरै गर्न सके सरल मूल्यमा सबैले उपभोग गर्न सक्छन्। जताततै उपलब्ध हुन्छ। अहिले जस्तो सुपर मार्केटमा धाउनु र महँगो मूल्य तिर्नुपर्दैन। आज धनीले मात्र खाने रुपमा चिनिएको फल भोलि गरिबको प्रमुख आहारा बन्न सक्छ।
यसको बिक्री र व्यवसायबाट गाउँघरमा आर्थिक उपार्जन हुन सक्छ। स्वस्थ र समृद्ध समाज बनाउने एउटा माध्यम बन्न सक्छ। यसका बाइप्रोडक्टका माध्यमले ग्रामीण औद्योगीकरण र रोजगारीका अवसर सृजना हुन सक्छन्।