सुर्खेत र जाजरकोटमा स्वास्थ्य सामग्री सहयोग
मनघरी फाउण्डेसनले कोरोना महामारीमा कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग गरेको छ। फाउण्डेशनले जिल्ला अस्पताल र नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका साथै सुर्खेत शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।
जाजरकोट जिल्ला अस्पतालका लागि २० थान पीपीई सेट, २० थान फेस सिल्ड, २० थान के ९५ मास्क, ५ सय सर्जिकल मास्क र ५ लिटर सेनिटाइजर प्रदान गरेको छ। साथै जिल्लाका पत्रकारहरूका लागि १० थान प्रेस ज्याकेट, १० थान सेनीटाइजर, १० थान फेस सिल्ड, १० थान के ९५ मास्क पनि उपलब्ध गराएको छ।
यसैगरी फाउण्डेशनले नेपाल पत्रकार महासंघ सुर्खेतका लागि प्रेस ज्याकेट २० थान, सेनिटाइजर २० थान, के ९५ मास्क २० थान, फेस सिल्ड २० थान हस्तानातरण गरेको छ।
फाउण्डेशनले यसअघि हुम्ला, डोल्पा, मुगु र दैलेख जिल्लाका सबै स्थानीय तहलाई पीपीई सेट, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री पठाइसकेको छ भने नेपाल पत्रकार महासंघ दैलेख शाखा र डोल्पा शाखाको लागि प्रेस ज्याकेटलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए।