कोरोनाबाट थप ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ।
मृह्यु हुनेमा मोरङमा ४०वर्षीया महिला, महोत्तरीमा ६५ वर्षीय पुरुष, धनुषामा ४५ वर्षीय पुरुष, काठमाडौंमा ७० वर्षीय पुरुष र नवलपरासिमा ५५ वर्षीय पुरुषको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा मुलुकमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५१९१९ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९७२ जना निको भएर घर फर्किएका छन्। यससँगै हालसम्म निको हुने कोरोना संक्रमितको संख्या ३६६७२ पुगेको छ।
हाल मुलुकमा १४९२५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने त्यसमध्ये ८२९१ जना मात्रै संस्थागत आइसोलेसनमा रहेका छन्। क्वारेन्टिनमा १४५४ जना रहेका छन्।
हाल १७० जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा १०७०१ वटा नमूना पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।