संसदीय सुनुवाइबाट तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाई विशेष समितिले सरकारले सिफारिस गरेको तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। समितिको बिहीबारको बैठकले राजकाजी खड्का, गेहेन्द्र राजभण्डारी र तापस अधिकारीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।
सरकारले खड्कालाई जर्मनी, राजभण्डारीलाई बेल्जियम र युरोपियन युनियन तथा अधिकारीलाई पाकिस्तानको राजदूतमा सिफारिस गरेको छ।
प्रस्तावित राजदूतहरुको योग्यता, क्षमता र अनुभवका आधारमा संघीय संसदको संयुक्त बैठक र संयक्त समिति (कार्य सञ्चालन) नियमावली–२०७५ को नियम २६ को उपनियम (५) अनुसार, सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्षमणलाल कर्णले बताए।
तर, सभापति कर्णले सरकारले समानुपातिक समावेशीताको सिद्धान्त अनुसार, राजदूतहरुको नाम सिफारिस नभएको प्रति सरकारको ध्यानाकर्षण गराए।
रिक्त सबै देशमा एकै पटक राजदूत नियुक्ति नगर्दा समस्या देखिएकाले समितिले सरकारको ध्यानाकर्षण समेत गरेको छ।