काठमाडौंका तीनसहित पाँच कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टायता पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसमा तीन जना काठमाडौंका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५५ वर्षीया महिला, ५९ वर्षीय र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ।
यसैगरी, चितवनका ६२ वर्षीय पुरुष र कविलवस्तुका २९ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपालमा अहिलेसम्म ३१७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।