१६५ जनाको आईसीयू र २१ जनाको भेन्टिलेटरमा राखेर उपचार हुँदै
देशभर १६५ जना कोरोना संक्रमितको आईसीयूमा र २१ जनाको भेन्टिलेटरमा राखेर भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १०५ जना आईसीयूमा उपचाररत छन्।
यस्तै, प्रदेश–१ मा ४, प्रदेश–२ मा २४, गण्डकी प्रदेशमा ५, प्रदेश– ५ मा २०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा १ जना संक्रमित आईसीयूमा छन्।
यसैगरी, बागमतीमा २० र प्रदेश–५ मा १ जना संक्रमितको भेन्टिलेटरमा रोखर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।