प्रशान्त भूषणविरूद्ध १० वर्ष पुरानो अवहेलना मुद्दामा भोलि अर्को सुनुवाइ हुँदै
भारतका मानवअधिकारकर्मी तथा वकील प्रशान्त भूषणविरूद्ध त्यहाँको सर्वोच्च अदालतमा भोलि अर्को सुनुवाइ गर्दैछ। यसैवर्षको २७ र २९ जूनमा गरेका दुईवटा ट्वीटलाई लिएर उनलाई अदालतको अवहेलनामा सजाय सुनाइएको १० दिनपछि भारतको सर्वोच्च अदालतले अर्को मुद्दामा सुनुवाइ शुरू गरेको हो।
लामो सुनुवाइपछि अदालतले भूषणले अवहेलना गरेको ठहर गर्दै उनलाई भारतीय रूपैयाँ १ जरिवानाको सजाय सुनाएको थियो।
भोलि भूषणले सन् २००९ मा भारतको तेहेल्का म्यागेजिनलाई दिएको अन्तर्वार्तालाई लिएर उनीमाथि दायर गरिएको अवहेलना मुद्दामा सुनुवाइ हुनेछ।
लाइभ ल ले जनाएअनुसार १५ अगस्तमा यो मुद्दाको सुनुवाइ स्थगित गरिएको थियो। नयाँ र पुरानो दुवै मुद्दालाई सँगै सुनुवाइ गरेपनि यो पुरानो मुद्दाको सुनुवाइ स्थगित गरिएको थियो।
त्यो बेला तीन सदस्यीय इजलासको नेतृत्व गरिरहेका न्यायाधीश अरूण मिश्राको अवकाशको नजिकिँदो मितिलाई मध्यनजर गरेर यो मुद्दा स्थगित गरिएको थियो।
भूषणलाई सजाय सुनाएको दुई दिनपछि २ सेप्टेम्बरमा न्यायाधीश मिश्राले अवकाश पाएका थिए। तेहेल्कासँगको अन्तर्वार्तामा भूषणले भारतको न्यायलय भ्रष्ट रहेको बताएका थिए।