ओली–दाहालले तय गरे स्थायी कमिटी बैठकको अजेण्डा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले २३ भदौमा बस्ने पार्टीको स्थायी कमिटी बैठकका अजेण्डा तय गरेका छन्।
प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष दाहालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि अजेण्डा तय गरिएको हो।
नेकपा महासचिव विष्णु पौडेल संयोजक रहेको विवाद समाधान समितिले ६ भदौमा बुझाएको प्रतिवेदनलाई नै बैठकको अजेण्डा बनाउने दुई अध्यक्षबीच सहमति भएको एक नेताले बताए।
१८ भदौमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेनलाई परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षलाई दिएको थियो।
यसअघि १० असारबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठक पार्टीभित्रको विवादका कारण पटक पटक स्थगित हुँदै आएको थियो। पछिल्लोपटक १३ साउनमा बस्ने भनेको बैठक सोही दिनदेखि अनिश्चितकालका लागि स्थगित भएको थियो।
२२ भदौमा अध्यक्षद्वय र महासचिव पौडेलबीच भएको सहमति अुनसार २६ भदौमा स्थायी कमिटी बैठक बोलाइएको छ।