प्रदेश १ का प्रहरी प्रमुखलाई कोरोना संक्रमण
प्रदेश १ का प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआइजी) ईश्वरबाबु कार्कीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
कार्कीले आफूलाई संक्रमण भएको जानकारी सामाजिक संजालमार्फत् गराएका हुन्। संक्रमण पुष्टि भए पनि कुनै लक्षण नदेखिएको र आफू विराटनगरमा होम आइसोलेशनमा बसेको कार्कीले उल्लेख गरेका छन्।