स्वाथ्यकर्मीसहित ५ जनालाई कोरोना संक्रमण भएपछि लुम्बिनी प्रादेशिक अस्पतालको एनआईसीयू सेवा बन्द
लुम्विनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मी र कर्मचारी गरी ५जनामा कोरोना संक्रमण देखिएको छ। अस्पतालको एनआईसीयू सेवामा कार्यरत उनीहरूलाई कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।
एनआईसीयू सेवामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना नभएसम्मका लागि उक्त सेवा बन्द गरिएको छ।
एनआईसीयू सेवा निर्मलीकरण गरेर सञ्चालन गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको अस्पतालले जनाएको छ।