६ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साका दुई, काठमाडौंका दुई तथा सुनसरी र कपिलवस्तुका एक/एक जना संक्रमितको मृत्यु भएको छ।
पर्साका ५४ र ६० वर्षीय पुरुष, काठमाडौंका ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष, सुनसरीका ७० वर्षीय पुरुष र कपिलवस्तुका ६२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै मृतकको संख्या ३०६ पुगेको छ। मृत्युदर जम्मा संक्रमितको ०.६३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।
उनका अनुसार देशभर संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ भने यसमध्ये ३२ हजार ९६४ निको भइसकेका छन्।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ छ।