काठमाडौं उपत्यकामा थपिए ३९६ संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०१ महिला र १९९ पुरुष गरी ३००, ललितपुरमा २१ महिला र १७ पुरुष गरी ३८ तथा भक्तपुरमा २६ महिला र ३२ गरी ५८ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा काठमाडौंकी ८० वर्षीया महिला र ८५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।