आइसीयूमा १४४ जना र भेन्टिलेटरमा २३ जना कोरोना संक्रमितको उपचार हुँदै
मुलुकमा हाल कोरोना संक्रमित १६७ जना आईसीयू र भेन्टिलेरमा राखेर उपचार भइरहेको छ। त्यसमध्ये १४४ जनाको आईसीयू र २३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश-१ मा ६ जना, प्रदेश-२ मा २४ जना, बागमती प्रदेशमा ८५ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश-५ मा २० जना, कर्णाली प्रदेशमा ३ जना र सुदूरपश्चिममा १ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ।
त्यसै गरी बागमती प्रदेशमा २२ जना र प्रदेश-५ मा १ जनाको भेन्टिलेटरुमा राखेर उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा आजसम्मकै सबभन्दा धेरै कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। मन्त्रालयका अनुसार २४ घण्टामा मात्रै २२८७ जना निको भएर घर फर्किएका छन्। यससँगै ३२९६४ जना निको भएर घर फर्किसकेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १०६११ वटा पीसीआर नमूना परीक्षणमध्ये ९०२ जनामा संक्रमित देखिएका छन्।
हाल आइसोलेसनमा १४८६१ जना छन् भने क्वारेन्टिनमा ५३१० जना रहेका छन्।