सामसङले नेपालमा सार्वजनिक गर्यो ग्यालेक्सी नोट-२० का दुईवटा मोडल
सामसङ नेपालले आफ्ना 'फ्ल्यागसिप प्रोडक्ट'हरू ग्यालेक्सी नोट-२० र नोट-२० अल्ट्रा नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले दुवै मोडलका सेटमा काम गर्न र गेम खेल्नको लागि सहज हुने बताएको छ।
ग्यालेक्सी नोट २० सिरिज मोबाइलहरुले कम्प्युटरको जस्तै काम गर्न सक्ने र यसमा प्रो–गेमहरु सहजै खेल्न सकिने कम्पनीको दाबी छ। दुवै मोडल नोट पारखीहरुको पावर एण्ड प्रोडक्टीभिटिको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको कम्पनीले बताएको छ।
सामसङले प्रि–बुक गर्ने ग्राहकलाई ग्यालेक्सी बड प्लस निःशुल्क प्रदान गरेको छ। साथै ग्यालेक्सी वाच थ्री तथा सामसुङक एलईडी टीभीमा पनि छुट दिएको थियो ।
यसका अतिरिक्त प्रि अडर गर्ने ग्राहकलाई विभिन्न उत्पादनमा आकर्षक छुट तथा उपहार दिएको सामसङले प्रि अडर अन्तर्गत खरिद गर्न छुटेका ग्राहकलाई पनि थुप्रै आकर्षक सुविधाहरु दिने जनाएको छ।