कोरोना संक्रमितको मृत्युपछि अंग झिकेर बेचिएको भन्दै भ्रम फैलाउने पक्राउ
प्रहरीले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिबारे भ्रम फैलाउने एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले कोरोना संक्रमितको मृत्युपछि आफन्तलाई भेटन नदिई शरीरका विभिन्न अंग झिकेर बेचबिखन गर्ने गरिएको भनेर सर्वसाधारणलाई दिग्भ्रमित पारेको भन्दै ललितपुरको नखिपोट बस्ने सुवास सुब्बा लिम्बुलाई पक्राउ गरेको हो।
तेहथुम घर भएका सुब्बालाई सोमबार नखिपोटबाटै पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाजलमार्फत् सार्वजनिक गरेको सूचनामा उल्लेख छ।
उनले यस्तो भ्रम फिजाउनेसँगै विभिन्न व्यक्तिहरुमाथि अनेक आक्षेपसमेत लगाएको प्रहरीले उल्लेख गरेको छ।