काठमाडौंका तीनसहित ११ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसमा ४ जना महिला र ७ जना पुरुष छन्।
मृतकमध्ये सबैभन्दा धेरै काठमाडौंका ३ जना महिला रहेका छन्। काठमाडौंका ३७ वर्षीया, ८३ वर्षीया र ९० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, मोरङका ७६ वर्षीय पुरुष, सिरहाका ६२ वर्षीय र ८७ वर्षीय पुरुष, सर्लाहीका ३७ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुषको पनि कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ।
मन्त्रालयका अनुसार मकवानपुरका ३९ वर्षीय पुरुष, कास्कीकी ६३ वर्षीया महिला र बाँकेका ५९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ।