काठमाडौं उपत्यकामा थपिए ३२६ संक्रमित
काठमाडौं उपत्यकामा ३२६ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा सबैभन्दा धेरै, काठमाडौंमा २९३, भक्तपुरमा १३ र ललितपुरमा २० जना संक्रमित थपिएका छन्।
काठमाडौंमा १०२ महिला र १९१ पुरुष, भक्तपुरमा ६ महिला र ७ पुरुष तथा ललितपुरमा ७ महिला र १३ पुरुषमा पछिल्लो २४ घण्टमा संक्रमण पुष्टि भएको मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।