पछिल्लो २४ घण्टामा ९७९ संक्रमित थपिए, १७३६ निको भए
पछिल्लो २४ घण्टामा देशभर ९७९ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा एक हजार ७३६ जना निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अुनसार १६२५९ जना सक्रिय संक्रमित छन्। त्यसमध्ये ९०६९ जना संस्थागत आइसोलेसनमा र ७१९० जना होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा १७३६ जना निको भएर घर फर्किएका छन्। यससँगै हालसम्म निको हुने कोरोना संक्रमितको संख्या ३०६७७ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर ९२१८ वटा नमूनाको पीसीआर परीक्षण भएको जनाइएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ४७३९ जना रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ।
मन्त्रालयका प्रवक्ता गाैतमका अनुसार संक्रमितमध्ये १७१ जनाको आईसीयू र २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।