मदिरा पिएर झगडा गर्दा एक युवाको ज्यान गयाे, दुईजना पक्राउ
सँगै बसेर मदिरा पिएका साथीहरुको कुटाइबाट पर्वतमा एक युवाको ज्यान गएको छ ।
मोदी गाउँपालिका– ८ चित्रेमा ३३ वर्षीय सन्तोष भन्ने गङ्गाप्रसाद विकको साथीहरुको कुटपिटबाट ज्यान गएको हो ।
१८ चैतको राति ९ बजेको समयमा २६ वर्षीय कृष्णबहादुर सुनार, २३ वर्षीय दलबहादुर नेपाली र २३ वर्षकै रविन सुनारको कुटपिटबाट विकको मृत्यू भएको पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
चित्रेस्थित नेपानेसादी खोलामा कुटपिट गरी विकको हत्या हत्या भएको सूचना पाएपछि तिवारीको नेतृत्वमा खटिएको टोलीले सोही ठाउँको सामुदायिक जङ्गलमा लुकेर बसेको अवस्थामा दल बहादुर र रविनलाई पक्राउ गरेको छ ।
मुख्य अभियुक्त कृष्णबहादुर भने फरार रहेकाले उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवाले प्रारम्भिक बयानमा घटना स्वीकार गरेकाे हरी नायब उपरीक्षक तिवारीले बताए ।
पक्राउ परेका अभियुक्तलाई बिहीबार पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।
मृतक विकको शव परीक्षणकाका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।