बिरामीमा कोरोना पुष्टि भएपछि पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पोजिटिभ देखिएपछि अस्पतालका नियमित सेवा बन्द गरिएको छ।
उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा आइतबार साँझदेखि बन्द गरिएको अस्पतालका अध्यक्ष नेत्र पाण्डेले जानकारी दिए।
गत सातादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
उपचाररत बिरामीमा संक्रमण देखिएपछि अस्पतालका चिकित्सक, कर्मचारी र कार्यालय सहयोगी सबैलाई होम क्वारेन्टिनमा राखिएको छ।