सरकारले मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवकका रुपमा खटाउने
सरकारले विभिन्न शिक्षण संस्थामा अध्ययनरत मेडिकल शिक्षाका विभिन्न विधाका विद्यार्थीलाई कोरोना महामारी नियन्त्रणका लागि स्वयंसेवकका रुपमा खटाउने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले दिएको जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले सम्झौता गरेर मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीलाई आवश्यक्ता अनुसार खटाउने निर्णय गरेको हो।