५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १२ पुगे
देशका १२ जिल्लामा कोरोनाभाइरसका ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। प्रदेश १, २, बागमती र प्रदेश ५ का विभिन्न १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम बताएका छन्।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा गौतमले दिएको जानकारी अनुसार प्रदेश १ का मोरङ र सुनसरीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
यस्तै, प्रदेश २ का धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र प्रदेश ५ को रूपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको गौतमले बताए।
उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ। अहिलेसम्म ४६ हजार २७५ जना कोरोना संक्रमित भएकोमा २८ हजार ९४१ जना निको भएका छन्। १७४ जनाको आईसीयू र २७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा २९० महिला र ६९० पुरुष गरी १८० जना संक्रमित थपिएका छन् भने साेही अवधिमा एक हजार ८१४ जना निको भएका छन्।