आइतबार एकैदिन १८१४ संक्रमित निको भए, ९८० संक्रमित थपिए, ९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च संख्यामा एकैदिन संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार एकैदिन १८१४ जना संक्रमित निको भएका छन्।
यो सहित संक्रमित निको हुने संख्या २८ हजार ९४१ पुगेको छ। यो संक्रमित मध्ये ६३ प्रतिशत हो। आइतबार ९८० जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार, २९० महिला र ६९० पुरुष छन्।
सवैभन्दा धेरै संक्रमित आज पनि काठमाडौंमा प्रमाणित भएको छ। काठमाडौंमा २९० जनामा संक्रमण देखिएको छ। ललितपुर र भक्तपुरमा ३२÷३२ जनामा संक्रमण पुष्टि भएको छ। राजधानी उपत्यकापछि सुनसरीमा धेरै संक्रमित पुष्टि भएको छ।
सुनसरीमा ८६, बारामा ७३, सुर्खेतमा ४४, मोरङमा २९, झापामा २८, कैलालीमा २१ जनामा संक्रमण पुष्टि भएको छ। आइतबार दश हजार ३८२ जनाको पीसीआर रिपोर्ट आएको हो। आइतबारसम्म संक्रमित संख्या ४६ हजार २५७ पुगेकाे छ।
अहिलेसम्म सात लाख ६८ हजार ३४५ जनाको पीसीआर परीक्षण भएको छ। आइतबार थपिएको सहित देशभर संस्थागत र होम आइसोलेसन गरी नौ हजार २०१ जना संक्रमित उपचारत छन्।