वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाइने, अस्पतालका नियमित सेवा ट्रमा सेन्टरबाट दिइने
सरकारले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार वीर अस्पतालमा पाइने सबै नियमित उपचार सेवालाई राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गर्ने निर्णय समेत गरेको छ।