कोरोनाबाट प्रदेश-२ मा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो
प्रदेश-२ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा २ जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या १०० पुगेको हो।
यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहाबाटमा ८/८, रौंतहटमा ५, सर्लाहीमा ३ र १ जना भारतीय नागरिकको मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा सप्तरीमा ३३, धनुषामा छ, महोत्तरीमा २५, बारामा १२ र पर्सामा ८ गरी ८४ नयाँ सङ्क्रमित थपिएका छन्। यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या ११६१ पुगेको छ। सोमध्ये आज २४३ जना उपचार गराइ निको भएर घर फर्केका छन्। उपचार गराइ निको भएर घर फर्कनेको सङ्ख्या ५६०२ पुगेको छ।
यस प्रदेशमा १७७ क्वारेन्टिनस्थलमा ५६६ जना बसेका छन् भने होम क्वारेन्टिनमा १७१८, आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा ४४४४ जना रहेको सो मन्त्रालयले जनाएको छ।