शुक्रबार हवाई उडानबाट ६५१ नेपाली भित्रिए, ४ जना मात्रै बाहिरिए
शुक्रबार ६५१ जना यात्रु स्वादेश भित्रिए भने ४ जना यात्रु बाहिरिएका छन् । विमानस्थल कार्यालयले शुक्रबार साँझ ५ बजे सार्वजनिक गरेको उडान अवतरण तालिका अनुसार ७ वटा अन्तर्राष्ट्रिय उडानमा ४ वटा वायुसेवाले यात्रु सेवा दिएका छन्।
शुक्रबार हिमालय एअरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट १५६ जना र कतारको दोहाबाट १४५ जना, कोरियन एअरले दक्षिण कोरियाको सिओलबाट १९८ जना र फ्लाई दुबईले संयुक्त अरब इमिरेट्स (युएई)को दुबईबाट १५२ जना यात्रु स्वदेश भित्र्याएको विमानस्थल कार्यालयको तथ्यांकमा उल्लेख छ। विमानस्थलबाट बाहिरिनेमा भने दक्षिण कोरियाको लागि ४ जना रहेका छन् ।
अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमले हङकङबाट ४८८७ केजी र कतार एअरवेजले कार्गो उडान १०१३५ केजी कार्गो ल्याएको छ। कतारले नेपालबाट १७६३९ केजी कार्गो बाहिर लगेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ।
त्यसैगरी ७ वटा आन्तरिक उडान भएका छन्। अन्तरिकमा भने मनाङ र कैलाश हेलिको दुईदुई वटा उडान भएका छन्। नेपाली सेना, सिता एअर र बुद्ध एअरले एकएक उडान गरेका छन्।
यस्तै, भोली शनिबार हिमालय एअर अबुधाबी र दोहा जाने भएको छ भने नेपाल वायुसेवा निगम पनि दोहा जाने छ। यस्तै विदेशी वायुसेवा कुवेतको जजिराले एक र कतारको कतार एअरवेजले दुई उडान गर्ने पनि उल्लेख छ।