काठमाडौंका चारसहित १४ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा १४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। यसमा चार जना काठमाडाैंका छन्।
मृत्यु हुनेमा चार महिला र दश जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता जागेश्वर गौतमले बताए।
मृतकमध्ये महिलामध्ये काठमाडौंका काठमाडौंका ८२, ६७ र २२ वर्षीया तीनजना चिवतनकी ३५ वर्षीया कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ।
यसैगरी, सप्तरीका ५५ वर्षीय दुईजना, धनुषाका ६७ वर्षीय, काठमाडौंका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पलाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपालमा अहिलेसम्म २७१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएएको छ।
मुलुकमा पछिल्लो २४ घण्टामा ४६४ महिला र ८९५ पुरुष गरी १३५९ जना संक्रमित थपिउका छन्। हालसम्म देशभर ४४२३६ जना कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये २५५६१ जना निको भएर घर फर्किसकेका छन्। त्यसमध्ये पछिल्लो २४ घण्टामा मात्रै १३५४ जना निको भएर घर फर्किएका छन्।
हाल मुलुकमा १८४०४ जना कोरोनाका सक्रिय संक्रमित छन्। त्यसमध्ये १०९४२ जना संस्थागत आइसोलेसनमा र ७४६२ जना होम आइसोलेसनमा रहेका छन्। साथै क्वारेन्टिनमा ६५६१ जना रहेका छन्।
मन्त्रालयका अनुसार १५१ जना र २६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
त्यसै गरी पछिल्लो २४ घण्टामा ४ जना महिला र १० जना पुरुष गरी १४ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७१ पुगको छ।