काठमाडौं उपत्यकामा थपिए ४५४ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४५४ जना कोरोना संक्रमित थपिएका छन्। यससहित मुलुकभर शुक्रबार थपिएका कोरोना संक्रमितको संख्या १३५९ जना छ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा ३८६ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका छन्।
मुलुकमा हालसम्म ४४२३६ जना कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये २५५६१ जना निको भएर घर फर्किसकेका छन्। त्यसमध्ये पछिल्लो २४ घण्टामा मात्रै १३५४ जना निको भएर घर फर्किएका छन्।
हाल मुलुकमा १८४०४ जना कोरोनाका सक्रिय संक्रमित छन्। त्यसमध्ये १०९४२ जना संस्थागत आइसोलेसनमा र ७४६२ जना होम आइसोलेसनमा रहेका छन्। साथै क्वारेन्टिनमा ६५६१ जना रहेका छन्।
मन्त्रालयका अनुसार १५१ जना र २६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
त्यसै गरी पछिल्लो २४ घण्टामा ४ जना महिला र १० जना पुरुष गरी १४ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७१ पुगको छ।