बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका-८ का ७८ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
मृतक पुरुषलाई ४ भदौमा कोरोना पुष्टि भएपनि नौ दिनअघि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
अस्पतालका अनुसार उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो। रूपन्देहीमा यो सँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या पुगेको छ।