सात प्रहरीसहित गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि
गण्डकी प्रदेशमा कोरोनाभाइरसका ४० जना संक्रमित थपिएका छन्। योसहित गण्डकीमा संक्रमितको संख्या दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार, थपिएका ४० संक्रमितमध्ये पोखरामा मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ।
निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये पोखरा महानगरपालिका–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत छन्।
त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक/एक तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।