संक्रमणमा पछिल्लो साताः बागमती प्रदेशमा हरेक दिन उच्च (इन्फोग्राफिक्स)
शुरूमा प्रदेश २ र प्रदेश ५ मा संक्रमण देखिँदा काठमाडौं उपत्यका लगायत बागमती प्रदेशका जिल्लाहरूमा फाट्टफुट्ट मात्रै संक्रमण देखिन्थे। नेपालमा संक्रमित भएका मध्ये अधिकांश कञ्चनपुर, बाँके, पर्सा लगायत तराईका जिल्लाका थिए।
तर, पछिल्लो पटक कोरोना भाइरस संक्रमणको केन्द्र राजधानी काठमाडौं बन्दै गएको छ। जसले गर्दा हरेक दिन संक्रमित हुनेको संख्यामा बागमती प्रदेश अगाडि देखिँदै आएको छ।
पछिल्ला एक साताको कोरोना संक्रमणको तथ्यांक हेर्दा सातै दिन सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा भए, जसको उल्लेख्य हिस्सा काठमाडौंको संक्रमणले लिन्छ।
१६ भदौमा त देशभरमा भएको जम्मा संक्रमण (१०६९ जना) भन्दा बढी काठमाडौं उपत्यकामा मात्रै भएका थिए। उक्त दिनको बागमती प्रदेशको संक्रमण ५७४ थियो। १२ भदौमा पनि देशभरको संक्रमितको संख्या भन्दा बागमती प्रदेशको मात्रै धेरै थियो। देशभर ९२७ जना संक्रमित भएको उक्त दिन बागमती प्रदेशमा आधा भन्दा बढी ५३२ जना संक्रमित थिए।
१३ भदौमा पनि बागमती प्रदेशको संक्रमण अन्य प्रदेशको भन्दा उच्च नै रह्यो २८२ जना, तर उक्त दिन प्रदेश २ मा बागमती प्रदेशमा भन्दा एक जना मात्रै कम अर्थात् २८१ जना संक्रमित भएका थिए। यसदिन बाहेक अन्य सबै ६ दिनमा बागमती प्रदेशको संक्रमण अन्य प्रदेशको भन्दा निकै धेरै नै रह्यो।