रथ तान्ने क्रममा भएको झडपप्रति कांग्रेस संसदीय दलद्वारा दु:ख व्यक्त
रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा भएको झडपप्रति नेपाली कांग्रेस संसदीय दलले दुख व्यक्त गरेको छ। प्रमुख सचेतक बालकृष्ण खाणले बक्तव्य जारी गर्दै हिंसात्मक झडपका घटनाप्रति दु:ख व्यक्त गरेका हुन्।
स्थानीय प्रशासन, आयोजक र स्थानीयसँग समन्वय हुन नसक्दा दुखद् घटना भएको बक्तव्यमा उल्लेख गरिएको छ। निषेधाज्ञा जारी भएका बेला आवश्यक समन्वय हुन नसकेकाले यस्तो घटना हुन पुगेको कांग्रेसको ठहर छ।
कांग्रेसले भौतिक दुरी कायम राख्दै उच्च सतर्कताका साथ रातो मत्स्येन्द्रनाथ जात्रा कायम राख्ने बातावरण मिलाउन माग गरेको छ। कांग्रेसले सवै पक्षसँग वार्ता र सम्वादको बातावरण बनाउन पनि माग गरेको छ।
रथ तान्ने क्रममा झडप हुँदा प्रहरी सहित केही स्थानीय समेत घाइते भएका छन्।