बहिरा बालबालिका पढ्ने विद्यालयमा सेनाले बनाइदियो भान्छाघर
नेपाली सेनाले सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित नवज्योति बहिरा माध्यमिक विद्यालयको भान्छाघर र डाइनिंग हल निर्माण गरेर हस्तान्तरण गरेको छ।
सेनाको ९ बाहिनी अड्डाले यो संरचना निर्माण गरेको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले स्थानीय जनतालाई प्रत्यक्ष एवं शीघ्र फाइदा पुग्ने परियोजनाहरु सञ्चालन गर्ने नीति अनुरुप फरक क्षमताका बालबालिका पढ्ने विद्यालय छनोट गरेर यो संरचना निर्माण गरिएको जनाएको छ।
निर्देशनालयले बाहिनीपति सहायकरथी ध्रुबप्रकाश शाह र नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले विद्यालयका प्रधानाध्यापक विजय तामाङलाई हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।