कोरोना अपडेटः प्रदेश–२ मा संक्रमित निको हुने संख्या बढ्दै
कोरोना संक्रमणको ‘हटस्पट’ बनेको प्रदेश–२ मा निको हुने संख्या बढ्दै गइरहेको छ। बिहीबारसम्म संक्रमित निको हुने संख्या ६ हजार ४७१ पुगेको छ।
प्रदेश–२ मा सक्रिय संक्रमितको संख्या ५ हजार १५२ छ ।
१५ भदौसम्म प्रदेश–२ मा निको हुने व्यक्तिको संख्या सक्रिय संक्रमित संख्या भन्दा कम थियो। त्यो बेलासम्म प्रदेश–२ मा कोरोनाबाट निको हुने व्यक्तिको संख्या ४ हजार ८५३ र सक्रिय संक्रमितको संख्या ६ हजार ११७ थियो।
१० भदौसम्म प्रदेश–२ मा ४ हजार ३१५ जना व्यक्ति कोरोनाबाट निको भएका थिए भने ५ हजार ५५६ जना सक्रिय संक्रमित थिए। त्यतिबेलासम्म प्रदेश–२ सहित प्रदेश–१ र बागमती प्रदेशमा कोरोनाबाट निको हुने भन्दा सक्रिय संक्रमितको संख्या धेरै थियो। प्रदेश–२ मा २८ साउनदेखि निको हुने भन्दा सक्रिय संक्रमितको संख्या धेरै देखिन थालेको हो।
त्यतिबेलासम्म प्रदेश–२ मा कोरोनाबाट निको हुने व्यक्तिको संख्या ३ हजार ४१७ र सक्रिय संक्रमित संख्या ३ हजार ४५७ थियो। तर, त्यसअघि भने सक्रिय संक्रमित भन्दा निको हुने व्यक्तिको संख्या बढी थियो।
प्रदेश–२ मा कोरोनाबाट निको हुने व्यक्तिको संख्या ३ हजार ३८५ र सक्रिय संक्रमितको संख्या ३ हजार ३४७ थियो।
१८ भदौसम्म प्रदेश–२ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अर्थात् ९६ पुगेको छ।