आज काठमाडौंका यी ठाउँमा हुँदैछ स्वाब संकलन
काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस परीक्षणका लागि आज ६ ठाउँबाट स्वाब संकलन गर्दैछ। पीसीआर परीक्षणका लागि विभिन्न वडाका ६ वटा केन्द्रबाट ५२५ जनाको स्वाब संकलन गरिनेछ।
महानगरका प्रवक्ता ईश्वरमान डंगोलले वडा नम्बर ८ मा १००, २८ मा १२० र २९ मा १०० जनाको स्वाब संकलन गरिने जानकारी दिए। त्यहाँ अहिले स्वाब संकलन भइरहेको छ।
यसैगरी, वडा नं २०, २१, २३ र २४ मा १२०, वडा नं ३ मा ३० र वडा नं. ६ मा ५५ जनाको स्वाब संकलन गरिनेछ। त्यहाँ दिउँसो २ बजे स्वाब संकलन गरिनेछ।
काठमाडौं महानगरभित्र १२ भदौसम्म दुई हजार ३०४ जना संक्रमित भएका थिए। महानगरभित्रका संक्रमितमध्ये १५ जनाको जनाको मृत्यु भएको छ। १२ भदौ यताको विवरण अद्यावधिक भइनसकेको महानगरका प्रवक्ता डंगोलले बताए।